राजनीति


मतदानपछि सुहाङ नेम्बाङले भने- इलाम नयाँ युगमा अग्रसर भएको छ

‘बुवा सुवास नेम्बाङलाई सम्झेर भावुक भएँ’
मतदानपछि सुहाङ नेम्बाङले भने- इलाम नयाँ युगमा अग्रसर भएको छ

नेपालखबर
बैशाख १५, २०८१ शनिबार ९:१९, काठमाडौँ

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्बाङले पहिलोपटक आफैँ उम्मेदवार बनेर मतदान गर्न पाउँदा एकदमै उत्साह महसुस भएको बताएका छन्। 

शुक्रबार बिहान स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ मतदान केन्द्र पुगेर मतदान गरेपछि नेपालखबरसँग संक्षिप्त कुरा गर्दै उनले अब जनताको अवस्था परिवर्तनका लागि यसलाई सुनौलो अवसरका रूपमा लिएको बताए।  

‘मैल पहिलोपटक उम्मेदवार बनेर मताधिकार प्रयोग गरेँ। अत्यन्तै उत्साह महसुस गरेको छु’, उनले भने, ‘यो व्यवस्था परिवर्तनका लागि अग्रजले गरेको योगदानलाई सम्झँदै थप जिम्मेवारीबोध भएको छ। व्यवस्था परिवर्तन भएको छ, अब अवस्था परिवर्तन गर्नका लागि यो सुनौलो अवसरका रूपमा लिएको छु।’

मतदानका क्रममा आफ्ना बुवा तथा एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष सुवास नेम्बाङलाई सम्झिएर भावुक भएको पनि उनले बताए।

‘मताधिकार प्रयोग गर्दागर्दै बुवा (सुवास नेम्बाङ) लाई सम्झेर निश्चय नै भावुक भएँ। डेढ वर्ष अगाडि बुवासँगै यस्तै चुनावी कार्यक्रममा हिँडेको अत्यन्तै याद आयो’, उनले भने। 

उनले चुनावमा आफ्नो जित हुनेमा आशावादी रहेको प्रतिक्रिया पनि व्यक्ति गरे। 

सुहाङले भने, ‘जित निश्चित छ भन्ने कुरामा आशावादी छु। इलाम नयाँ युगमा अग्रसर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .