ad ad

राजनीति


मधेश सरकारको निर्णय : अघिल्लो सरकारको कामको समीक्षा गर्न उच्चस्तरीय समिति

शीतलहरबाट जोगाउन हरेक पालिकालाई दाउरा बाँडिने
मधेश सरकारको निर्णय : अघिल्लो सरकारको कामको समीक्षा गर्न उच्चस्तरीय समिति

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १८:५२, जनकपुरधाम

मधेश प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले ५ वर्षमा गरेका कामहरुको समीक्षा गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री कार्यालयमा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद बैठकबाट गत ५ वर्ष भित्र प्रदेश सरकारले गरेका कामहरुको मूल्याङ्कन तथा समीक्षा गर्ने निर्णय गरिएको विनाविभागीय मन्त्री वसन्त कुश्वाहाले बताए। 

प्रदेश सरकारका कामहरुको मूल्याङ्कन तथा समीक्षासहितको रिपोर्ट तयार पार्न उच्चस्तरीय कमिटी समेत गठन गरिएको उनले जानकारी दिए। उनका अनुसार कमिटीलाई प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको छ। 

यसका साथै मधेशमा शीतलहर चलिरहेकाले प्रत्येक पालिकालाई दाउरा वितरण गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

गरिव तथा विपन्न वर्गलाई जाडो छल्न १३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णय गरिएको हो। 

त्यस्तै मधेश सरकारमातहतका प्रत्येक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने निर्णयसमेत गरिएको छ 

गुनासो पेटिकामा संकलित गुनासा प्रत्येक दिन मुख्यमन्त्री कार्यालयमा पुर्‍याइने विनाविभागिय मन्त्री कुश्वाहाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .