राजनीति


चितवनमा सर्वदलीय बैठक, मतगणनास्थलमा कडा सुरक्षा (तस्बिरहरु)

चितवनमा सर्वदलीय बैठक, मतगणनास्थलमा कडा सुरक्षा (तस्बिरहरु)

चितवन २ मा मतगणनास्थलबाहिर सुरक्षाकर्मी। तस्बिर : सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
बैशाख ११, २०८० सोमबार १०:४१, चितवन

चितवन क्षेत्र नं. २ को मतगणना सुरु गर्न सोमबार सर्वदलीय बैठक बसिरहेको छ।

बिहानै ८ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो। अहिले मतगणनास्थलबाहिर कडा सुरक्षा गरिएको छ।

राजनीतिक दलका प्रतिनिधिहरु मतगणनास्थल पुगेपछि ढिलोगरी सर्वपक्षीय बैठक बसिरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बस्ने गरी आइतवार नै बैठक डाकेको थियो।

निर्वाचन अधिकृतको कार्यालयले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना व्यवस्था गरेको छ।

आइतवार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नआएको भन्दै सत्ता गठबन्धनका दलहरुले सर्वदलीय बैठक राख्न मानेका थिएनन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .