जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपित छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता रहेको भन्दै बृहत् नागरिक आन्दोलनले घोर भर्त्सना गरेको छ।
सञ्चारकर्मी रूपा सुनारलाई सुरुमा कोठा दिने सहमति गरिसकेर पछि जात थाहा पाउनासाथ बहिष्कार गरेको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई आज शिक्षामन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त (सिंहदरबार) पुगेर रिहा गराई आफ्नै सरकारी गाडीमा चढाएर घर पुर्याइदिएका थिए।
यसैविरुद्ध बुधबार विज्ञप्ति जारी बृहत् नागरिक आन्दोलनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अक्षम्य हस्तक्षेप गर्ने छुट कुनै सरकार र मन्त्रीलाई छैन। यसले जात व्यवस्थामा निहित भेदभाव र दण्डहीनतालाई मात्र दिने भएकाले बृहत् नागरिक आन्दोलन यस्तो अभ्यासको घोर भर्त्सना गर्दछ।’
थप कुरा तल विज्ञप्तिमा :
यो पनि :
शिक्षामन्त्री श्रेष्ठ जातीय भेदभावका सरकारी मतियारः खगेन्द्र संग्रौला
प्रतिक्रिया