ad ad

राजनीति


महाकाली-मेची यात्रा उद्घाटनमा ओलीले भने- राष्ट्रिय शक्ति निर्माणका लागि जनतासमक्ष आयौँ

महाकाली-मेची यात्रा उद्घाटनमा ओलीले भने- राष्ट्रिय शक्ति निर्माणका लागि जनतासमक्ष आयौँ

गोकुल जोशी
मंसिर १४, २०८० बिहिबार १०:२४, कञ्चनपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल पार्न मध्यपहाडी लोकमार्गअन्तर्गत महाकाली- मेची पदयात्रा थालिएको बताएका छन्।

बिहीबार बिहान बैतडीको झुलाघाटान झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले सकरात्मक राष्ट्रिय शक्ति निर्माणका लागि जनताका बीचमा आएको बताए।

‘यो संवादको यात्रा हो। अध्ययनको यात्रा हो। संकल्पको यात्रा हो। समृद्ध नेपाल सुखी, नेपाली बनाइछाड्ने नेपाली जनताको आकांक्षा, जसलाई एमालेले आफ्नो  उद्देश्य र गन्तव्य बनाएको छ’, उनले भने, ‘त्यसलाई सफल पार्न नेपालको मध्यपहाडी भूभागमा विकासका सम्भावना कस्ता छन्? कुन ठाउँमा कसरी विकास  हुनसक्छ भन्ने अध्ययन गर्न जनतासँग सघन संवाद गर्नेछौँ।’

जनताले भोगिरहेका समस्या बुझ्दै अहिलेको परिस्थितिबाट देशलाई बदलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गरिछाड्ने नयाँ संकल्प अभियानले अघि बढाउने अध्यक्ष ओलीको दाबी छ। 

महाकाली-मेची यात्रामा देखिएको उत्साहजनक सहभागिताले आफूलाई खुसी लागेको उनले बताए।

‘अहिलेको सरकारी अकर्मण्यता, देशको ओरालोलाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीति’लाई सही बाटोमा ल्याउने सन्दर्भमा यात्राले चिन्तत मननदेखि लिएर व्यावहारिक, नीति र योजना निर्माण गर्नसम्म मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। 

‘यो यात्रा आमजनताको राष्ट्रिय शक्ति निर्माणको सन्दर्भमा जागरण अभियान पनि हो। यसले राष्ट्रिय शक्ति निर्माण गर्न राष्ट्र, जनता र परिवर्तनको हितमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ’, ओलीले भने।

परिस्थितिलाई सकरात्मक परिवर्तन गर्ने सकरात्मक शक्तिको नेतृत्व देशलाई चाहिएको उनले बताए।

‘जनताले मात्रै त्यसतर्फ देशलाई अगाडि  बढाउन सक्नेछन्’, उनले भने, ‘त्यसका लागि जनताको बीचमा फरक ढंगले गइरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .