प्रविधि


मस्कको ट्विटरलाई चुनौती दिन जुकरबर्गले थ्रेड ल्याए, ट्रम्पको त्रुत्थले बजार लियो

मस्कको ट्विटरलाई चुनौती दिन जुकरबर्गले थ्रेड ल्याए, ट्रम्पको त्रुत्थले बजार लियो

नेपालखबर
असार २१, २०८० बिहिबार ७:५१, काठमाडौँ

गएको शनिबार विश्वव्यापी रुपमा धेरै ट्विटर प्रयोगकर्ताको अकाउन्ट डाउन भयो। प्रयोगकर्ताहरूले ट्विटर रिफ्रेस नभएको गुनासो गरे।

कतिले इन्टरनेट समस्या वा ट्विटरमा आएको समस्यका कारण यस्तो भएको हुनसक्ने अनुमान गरे। तर कारण थियो सञ्चालक एलन मस्कले ट्विटर सञ्चालनमा लगाएको पावन्दी। मस्कले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार वटा ट्विट हेर्न सकिने तर अनभेरिफाइड अकाउन्टबाट ६ सयवटा मात्रै ट्विट हेर्न मिल्ने नियम बनाएका थिए।

पछि त्यसलाई बढाएर ८ हजार र ८०० कायम गरे।

तर उनको यो कार्यपछि एकाएक डोनाल्ड ट्रम्पको ट्विटर प्रतिस्पर्धी एप त्रुत्थमा प्रयोगकर्ताको आकर्षण बढ्यो। २०२२ फेब्रुअरीमा सार्वजनिक भएको उक्त एपमा एकाएक प्रयोगकर्ताको आकर्षण बढ्यो।

यसैबीच मस्कको नयाँ नियमपछि रुष्ट प्रयोगकर्तालाई तान्ने उद्देश्यले मार्क जुकरबर्गको कम्पनी मेटाले ट्विटरजस्तै थ्रेड एप सार्वजनिक गरेको छ। इन्स्टाग्राम अकाउन्टसँग लिंक गर्न मिल्नेगरी कम्पनीले उक्त एप निर्माण गरेको छ। 

६ जुलाईदेखि १ सयवटा देशमा डाउनलोड गर्न मिल्नेगरी उक्त एप सार्वजनिक भएको हो। यसले ट्विटरले हालै गरेको परिवर्तनका कारण असन्तुष्ट प्रयोगकर्तालाई तान्ने विश्वास कम्पनीको छ। युरोपेली देशहरूमा भने यो एप अझै उपलब्ध छैन।

थ्रेड्समा ट्विटरमा जस्तै थ्रेड (पोस्ट), रिथ्रेड र लाइक गर्न सकिन्छ। एप सार्वजनिक गर्दै जुकरबर्गले भनेका छन्, 'अब यो काम गरौँ, थ्रेडमा स्वागत छ।'

उनले चाँडै यो एपका १ अर्ब भन्दा बढी प्रयोगकर्ता हुने दावी गरेका छन्। 

मस्कले सुरक्षालाई ध्यानमा दिएर ट्विटरमा विभिन्न परिवर्तन गरिरहँदा जुकरबर्गको यो नयाँ एप कति सुरक्षित हुने भनेर प्रयोगकर्ताले आशंका व्यक्त गरेका छन्। कतिले व्यक्तिगत, स्वास्थ्य र वित्तीय डेटाको सुरक्षाबारे जुकरबर्गलाई प्रश्न गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .