प्रविधि


एप्पलको भन्दा दोब्बर ठूलो मुख्यालय बनाउँदै चिनियाँ कम्पनी टेन्सेन्ट

एप्पलको भन्दा दोब्बर ठूलो मुख्यालय बनाउँदै चिनियाँ कम्पनी टेन्सेन्ट

नेपालखबर
मंसिर २५, २०८० सोमबार १७:४२,

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले एप्पल पार्कभन्दा झण्डै दोब्बर ठूलो मुख्यालय बनाउने भएको छ। बिहीबार त्यसको डिजाइन सार्वजनिक गरिएको हो।

सो मुख्यालमा २३ हजारभन्दा बढी कर्मचारी अट्ने छन्। जसको क्षेत्रफल ५ लाख वर्गमिटर हुने बताइएको छ। यो भनेको एप्पलको क्यालिफोर्नियास्थित मुख्यालयभन्दा झण्डै दोब्बर हो।

पाँच वर्षमा यो निर्माणसम्पन्न हुने बताइएको छ।

आर्किटेक्चर कम्पनी ब्युरो ओले सिहार्नले बनाएको डिजाइनअनुसार सो मुख्यालयमा चार वटा टावर हुनेछन्। सो क्षेत्र कारमुक्त हुने बताइएको छ।

टेन्सेन्टको मुख्यालय चीनको दक्षिणी सहर सेन्चेनमा छ। यो कम्पनीले विच्याट र क्यूक्यूजस्ता मेसेजिङ एप सञ्चालन गर्छ। 

आर्किटेक्चर ओले सिहार्नले यसअघि बेइजिङको सीसीटीभी टावर डिजाइनमा पनि भूमिका खेलेका थिए।

सो कम्पनीले यसलाई ‘भविष्यको कार्यालय’ भनेको छ।

यो मुख्यालय सन् २०२८ मा टेन्सेन्ट स्थापनाको ३० औँ वर्षगाँठको अवसरमा खुल्ने अपेक्षा गरिएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .