समाज


मुस्ताङमा हिमपहिरोले २९ चौंरीसहितको गोठ पुर्‍यो, गोठाला भागेर बाँचे

मुस्ताङमा हिमपहिरोले २९ चौंरीसहितको गोठ पुर्‍यो, गोठाला भागेर बाँचे

फाइल तस्बिर


वाशुदेव मिश्र
फागुन २१, २०७८ शनिबार १७:५०, पाेखरा

मुस्ताङमा मानापाथी हिमालमा हिमपहिरो खसेको छ। पहिरोमा १५ वटा चौंरी पुरिएका छन् भने १० वटा हराएका छन्। 

यस्तै पहिरोले लागेर तीनवटा चौंरी घाइते भएका छन्। 

मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार शनिबार बिहान ४ बजे खसेको हिमपहिरोले थासाङ गाउँपालिका २, न्याउँरीकोटमा रहेको सुशीला गौचनको चौंरीगोठ पुरेको हो। 

गाईहरू पुरिए पनि गोठाला भने पहिरोबाट उम्किन सफल भएको उनले बताए।

सो ठाउँमा सुशीलाका भाइ नरप्रसाद गौचनको पनि गोठ थियो। उनका गोठमा रहेका चौंरीसमेत हराएको हुनसक्ने डीएसपी दानीले बताए। 

सो क्षेत्रमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए। 

यसअघि कात्तिक अन्त्यतिर पनि हिमपहिरो खसेको थियो। जसका कारण थासाङ २, कोवाङ क्षेत्रस्थित जनआदर्श माविमा भागदौड मच्चिएको थियो। त्यस क्रममा ९ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .