ad ad

समाज


आफ्नो जन्मदिन मनाउन प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार

आफ्नो जन्मदिन मनाउन प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार

सुदीप भण्डारी
जेठ २३, २०७९ सोमबार १४:४५, बुटवल

१६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा बाँकेमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन्। 

१७ वर्षीय हेमराज थारुको पीडित किशोरीसँग चिनजान र प्रेम सम्बन्ध  थियो। उनले आफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए। 

बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा भेट्न आएकी किशोरीलाई हेमराज लगायत उनका अन्य ६ जना साथीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

किशोरीलाई मदिरा खुवाई शुरुमा मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

मदिरामा बेहोस भएकी ति किशोरीलाई दुई जना युवाले मोटरसाइकलको बिचमा राखी घर छोडिदिन हिँडेका थिए। भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक प्रहरीले उनीहरुलाई रोकेको थियो।

शंका लागेर उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। होस खुलेपछि युवतीले आफूमाथि भएको घटनाबारे बताएकी थिइन्। 

आइतबार विहान प्रहरीले उनीहरुको खोजतलास गरी विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुदन न्यौपानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .