ad ad

समाज


भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटी किच्दा तीनको मृत्यु, १२ जना घाइते

उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटी किच्दा तीनको मृत्यु, १२ जना घाइते

नेपालखबर
साउन ८, २०७९ आइतबार १४:७, काठमाडौँ

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनजनाले ज्यान गुमाएका छन्। 

यो दुर्घटनामा अन्य दर्जन भन्दा बढी यात्रु घाइते भएका छन्। 

काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु भएको हो। अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। 

घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिइन्।

मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको छ। दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतकमध्ये नितेश खर्वुजाको सनाखत भएको हो। 

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाइरहेको छ। सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताएकी छन्। 

यसैबीच घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। 

गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .