पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुवाहक बस दुर्घटना भएको छ।
दुर्घटनामा परी ६ जनाकाे ज्यान गएकाे छ।
बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेर दुर्घटना भएको हो।
२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे रिब्दिकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्।
घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएकाे अधिकारीले बताइन्।
90
Shares
प्रतिक्रिया