ad ad

समाज


दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु

गोकुल जोशी
भदौ १, २०७९ बुधबार १७:१९, कञ्चनपुर

दार्चुलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा पाँच जना यात्रुको मृत्यु भएको छ। 

जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ।

‘आधा घण्टा अगाडि हामीलाई दुर्घटनाको जानकारी आएको थियो, ५ जनाको घटनास्थलमै ज्यान गएको भन्ने छ,’ उनले भने, ‘उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ, थप विवरण आइसकेको छैन ।’ 

शैल्यशिखर नगरपालिका–६ का वडाध्यक्ष जगदिश सिंह धामीले दुर्घटनामा परेर एक महिला र ४ पुरुषको घटनास्थलमै मृत्यु भएको बताए । 

यस्तै, दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। तीनमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको पहिचान भने खुल्न बाँकी छ।

घाइतेको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको वडाध्यक्ष धामीले जानकारी दिए।

यात्रुबाहक जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ।

‘दुर्घटना भइहाल्ने जस्तो सडक छैन्, गाडी तीव्र गति भएर वा अनियन्त्रित भएर दुर्घटना भएजस्तो देखिन्छ,’ वडाध्यक्ष धामीले भने, ‘मृतकको शव माथि निकाल्दै छौँ, गोकुलेश्वरको प्रहरी पनि पुगेको छ।’

जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। अहिले घटनास्थलमा प्रहरी र स्थानीयसहित उद्धारमा जुटिसकेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .