पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।
भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
केराबारीको पहिरो ५:५० हटाइएको थियो। १८ किलोको पहिरो साँझ ६:२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ।
१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। यसअघि बिहीबार बिहान ८:२० बजे भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो।
नारायणगढ-मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भइसकेको छ।
48
Shares
प्रतिक्रिया