शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शरीर महानगरको कार्यालयमा राखिएको हो।
महानगरपालिका परिसर ल्याउनुअघि उनको शव किस्ट अस्पतालको प्रांगणमा राखिएको थियो।
जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने बताइएको छ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो।
डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो।
यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो।
त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।
त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
Shares
प्रतिक्रिया