ad ad

समाज


पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

पाल्पाबाट मनकामना आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

सुदीप भण्डारी
कात्तिक १३, २०७९ आइतबार ७:२२, बुटवल

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटना भएको छ। मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। डेढगाउँ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार अहिले उद्धार गर्ने क्रम जारी छ। 

ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको प्रहरीले बताएको छ।

बसमा सवार ३० जनाको उद्धार गरिएको उनले जानकारी दिए। त्यसमध्ये घाइते २५ जनाको उद्दार गरि चितवन चितवन ल्याउने तयारी गरिएको वन्तले नेपालखबरलाई जानकारी दिए। 

घटनाको थप विवरण भने आउन बाँकी भएको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .