ad ad

समाज


देशभर मौसम सफा, कहाँको तापक्रम कति?

देशभर मौसम सफा, कहाँको तापक्रम कति?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ६:४५, काठमाडौँ

हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

महाशाखाका अनुसार आज राति पनि देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी देशका मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

तापक्रम घट्दै, चिसो बढ्दै
दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ। पुनः ८:४५ मा तापक्रम अपडेट गरिनेछ। यस क्रममा देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ। 

हिजो सोमबार भने देशका विभिन्न स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम यस्तो छ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .