मोटरसाइकलको लेगगार्डमा तरबार राखेको टिकटक बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही व्यक्तिहरुले बा ५१ प ४६३९ नम्बरको मोटरसाइकलको लेगगार्डबाट तरबार झिकेको भिडियो टिकटकमा अपलोड गरेका थिए।
काठमाडौंको नागार्जुन नगरपालिका २ सानो भर्याङका २३ वर्षीय दिपेश महर्जन र दोलखाको मेलुङ गाउँपालिका ६ घर भई स्वयम्भु बस्ने २२ वर्षीय श्रवण लामालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले टिकटक बनाउँदा प्रयोग गरेको बुलेट मोटरसाइकल र २ फिट २ इन्च लामो तरबार बरामद गरेको छ।
प्रहरीले उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद लिई अनुसन्धान अघि बढाएको छ।
117
Shares
प्रतिक्रिया