ad ad

समाज


मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार २१:४२, काठमाडौँ

चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ।

१३२/११ केभी सबस्टेसनमा रहेको २२।५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ।

यसबाट करिब ५ हजार ग्राहककामा विद्युत आपूर्ति समस्या प्राधिकरणले जनाएको छ। 

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको जनाइएको छ। तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको छ।

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लार्ई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने बताइएको छ। 

प्राधिकरणका अनुसार यसका लागि काम सुरु भइसकेको छ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ। यसका लागि केही दिन लाग्ने छ।

प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२।५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५÷४५ एमभिएले प्रतिस्थापन गर्दै छ।

त्यहाँ रहेका २२।५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .