थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा झडप हुँदा १४ जना नगर प्रहरी घाइते भएका छन्।
सुकुम्बासीहरुले हानेको ढुंगाले लागेर महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टाउको फुटेको छ। उनको नर्भिक अस्पतालमा उपचार भएको छ।
काठमाडौं महानगरपालिकाले बागमती किनारको सुकुम्बासी बस्ती हटाउन डोजर लेको थियो।
त्यको प्रतिकारम उत्रिएका सुकुम्बासीहरूले ढुंगामुढा गर्दा पाण्डेसहित १४ जना नगर प्रहरी घाइते भएको जानकारी काठमाडौं महानगरपालिकाले जनाएको छ।
तर सुकुम्बासीहरूले बस्ती हटाउन आएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरे। उनीहरू लाठी, चुलेसी र खुकुरीसहित प्रतिकारमा उत्रिए।
उनीहरूले महानगरपालिका र मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर विरोध जनाए।
78
Shares
प्रतिक्रिया