चितवनमा मोटरसाइकल र बोलेरो ठक्कर खाँदा एकजना जर्मन नागरिकले ज्यान गुमाएका छन्।
बिहीबार बिहान सवा १० बजे पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा भएको यो दुर्घटनामा मोटरसाइकल चालकसमेत रहेका जर्मन नागरिक ६० वर्षीय माइकल मेयर ओल्बर्सलेबेनको मृत्यु भएको हो।
दुर्घटनापछि उपचारका क्रममा राहदानी नम्बर २४६३७८९५९ बाहक उनको चितवन मेडिकल कलेजमा ज्यान गएको हो।
नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाको बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको बलेरो ठोक्किएका थिए।
दुर्घटनाका क्रममा बोलेरो र मोटराइकल सडकबाट करिब ५० मिटर तलको त्रिशूली किनारमा खसेका थिए।
दुर्घटनामा घाइते बोलेरोमा सवार धादिङको गल्छी गाउँपालिका वडा नम्बर ५ का ७३ वर्षीय निरबहादुर तामाङको चितवन मेडिकल कलेजमा उपचार हुँदैछ।
दुर्घटनापछी प्रहरीले बोलेरो चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई पक्राउ गरेको छ।
Shares
प्रतिक्रिया