समाज


विद्यार्थी सुरक्षा लक्षित ट्राफिक चेकिङमा २०७ जनामाथि कारबाही

विद्यार्थी सुरक्षा लक्षित ट्राफिक चेकिङमा २०७ जनामाथि कारबाही

फाइल फोटाे


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १५:२९, काठमाडौँ

काठमाडौं उपत्यकामा सोमबार विहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिइ सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।  

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ। 

सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .