ad ad

समाज


पोखरामा दुर्घटनाग्रस्त यतिको जहाजमा थिइन् गायिका निरा छन्त्याल

पोखरामा दुर्घटनाग्रस्त यतिको जहाजमा थिइन् गायिका निरा छन्त्याल

लोक गायिका निरा छन्त्याल


नेपालखबर
माघ १, २०७९ आइतबार १३:२७, काठमाडौँ

पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा आइतवार दुर्घटनामा परेको जहाजमा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।

बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर-७२ जहाजमा काठमाडौंबाट गएकी थिइन्। 

६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ।

गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेखेकी थिइन्। 

‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।

आइतवार मात्रै उनले माघे संक्रान्तिको शुभकामना पनि दिएकी थिइन्। यही शुभकामना दिएर पोखरा उडेकी उनी नयाँ एयरपोर्ट नजिकै दुर्घटनामा परिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .