पश्चिमी वायुको प्रभावले हाल (बिहीबार बिहान) प्रदेश नं १ लगायत देशका पहाडी भेमा आंशिक बदली (आकाशमा थोरै बादल) भएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
Shares
प्रतिक्रिया