काठमाडौंको शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। बुधबार साँझ २ वटा मोटरसाइकललाई ठक्कर दिँदा थप एक जनाको अवस्था गम्भीर छ।
शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शाँखुका पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन्।
अहिले दुर्घटनास्थलमा स्थानीयले टायर बालेर सडक अबरुद्ध गरेका छन्। उनीहरुले टिपरमा समेत आगजनी गरेका छन्।
टिपरको ठक्करबाट निधन भएका श्रेष्ठ साँखु शाखाका पूर्व अध्यक्ष एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक रहेको नेपाल प्रेस युनियनले जनाएको छ।
Shares
प्रतिक्रिया