प्रतिबन्धित भारतीय रूपैयाँसहित प्रहरीले दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ लाख ३५ हजार भारतीय रूपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
प्रहरी प्रधान कार्यालय काठमाडौंकाअनुसार पक्राउ पर्नेमा ६९ वर्षीय थुप्तेन गेलेक हसवा र ५९ वर्षीय कालस्याङ चडोन रहेका छन्। उनीहरू भिस्तारा एयरको उडानमार्फत काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको झोलाभित्र भारतीय ५ सय दरको ६७० थान भारतीय रूपैयाँ फेला परेको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
54
Shares
प्रतिक्रिया