ad ad

समाज


फिर्ता आयो ह्याकरको कब्जामा पुगेको प्रधानमन्त्रीको ट्विटर ह्यान्डल

फिर्ता आयो ह्याकरको कब्जामा पुगेको प्रधानमन्त्रीको ट्विटर ह्यान्डल

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १६:५०, काठमाडौँ

बुधबार रातिदेखि ह्याकरहरुले कब्जा गरेको नेपालका प्रधानमन्त्रीको ट्विटर ह्यान्डल फिर्ता आएको छ।

उक्त कुराको पुष्टि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अपरान्ह गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको सचिवालयले यो ट्विटर ह्यान्डल चलाइरहेको थियो।

तर बुधबार रातिदेखि ह्याकरहरुले कब्जा गरेर असम्बन्धित विवरण रिट्विट गरिरहेका थिए।

बिहीबार बिहानदेखि प्रधानमन्त्रीको सचिवालयले यो ह्यान्डल फिर्ता ल्याउन प्रयास थालेको थियो। आएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले अकाउन्टमा समस्या आएपछि समाधानको प्रयास भइरहेको बताएका थिए। 

'प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट पुनःसुचारु गर्न सफल भएका छौँ। हिजो १५ मार्च बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ', प्रधानमन्त्रीको कार्यालयले भनेको छ, 'ट्विटर ह्याण्डलमा लगायतका सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी छ।'

प्रधानमन्त्रीको कार्यालयले यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गर्ने जनाएको छ। 

यसअघि प्रधानमन्त्री निर्वाचित भएको ४ दिनपछि अर्थात् १४ पुसमा पनि उनको अकाउन्ट लक्ड भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .