ad ad

समाज


फेरि बढ्यो कोरोना संक्रमण, एकदिनमै थपिए १४२ जना संक्रमित

फेरि बढ्यो कोरोना संक्रमण, एकदिनमै थपिए १४२ जना संक्रमित

नेपालखबर
चैत १७, २०७९ शुक्रबार २०:१६, काठमाडौँ

नेपालमा कोरोना भाइरसको संक्रमण आज फेरि बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा संक्रमण देखिएको छ। 

यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा संक्रमण देखिएको थियो। संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज सक्रिय संक्रमितको सङ्ख्या एक सय ६३ पुगेको छ। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेकाले खुला सीमा नाका कारणले त्यसको असर नेपालमा परेको बताए। उनले खुला सीमा नाकाबाट संक्रमित नेपाल भित्रिएको हुनाले संक्रमण बढेको बताए। 

भारतको उत्तर प्रदेशमा संक्रमण बढिरहेको छ। मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .