ad ad

समाज


सशस्त्रद्वारा अवैध मोटरपार्टसहित कार बरामद

सशस्त्रद्वारा अवैध मोटरपार्टसहित कार बरामद

प्रकाश न्यौपाने
पुस २०, २०७६ आइतबार ८:४६,

रुपन्देहीमा अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको मोटरपार्टस्सहित सशस्त्र प्रहरीले कार बरामद गरेको छ। आइतबार बिहान भारतबाट नेपालतर्फ मोटरपार्टस् तस्करी गरेर ल्याउँदै गर्दा सशस्त्र प्रहरील बल नेपाल नं. ३८ गुल्म राजस्व भन्सार सुरक्षा गस्ती, भैरहवा (डण्डा)ले पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका वडा नं. १ डण्डा क्षेत्रमा चेकजाँचका क्रममा पीबी ११ एडब्लु २८९९ नम्बरको भारतीय कारमा सिटमुनि र डिक्कीमा लुकाई ल्याइएको विभिन्न किसिमका मोटरपार्टससहित कार बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर शाहीले जानकारी दिए। उनले उक्त कारबाट एक लाख १३ हजार रुपैयाँ बराबरको विभिन्न गाडीमा प्रयोग हुने मोटरपार्टस् बरामद गरिएको जनाए।

बरामद गरिएको मोटरपार्टस् र फोर्ड कम्पनीको फिगो कार भैरहवा भन्सार कार्यालय चलान गरिएको छ। कारको मूल्यांकन १० लाख गरिएको छ । कार र मोटरपार्टस् गरी ११ लाख १३ हजार मूल्यांकन गरी भन्सार चलान गरिएको शाहीले जानकारी दिए।

अघिल्लो हप्ता मात्रै लगातार सशस्त्र प्रहरीले नेपालभारत सीमा क्षेत्रबाट तस्करी गरी नेपाल भित्र्याउँदै गरेको लत्ता कपडा र मोबाइल समेत बरामद गरेको थियो।

खुल्ला सीमाको फाइदा उठाउँदै रुपन्देहीको सीमा क्षेत्रबाट तस्करी हुने गरेको छ । सशस्त्र र नेपाल प्रहरीले जति सक्रियता देखाए पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन।

खासगरी जिल्लामा बेलहिया, मेउडिहवा, एअरपोर्ट, मर्चवार, लुम्बिनी, धकधई क्षेत्रबाट विभिन्न किसिमका सामानहरु भारतबाट नेपालतर्फ तस्करी हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .