ad ad

समाज


चिनी, युरिया मल र चामलसहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

चिनी, युरिया मल र चामलसहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

नेपालखबर
चैत २७, २०७९ सोमबार १८:१६, काठमाडौँ

पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो। 

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो। 

यस्तै, ग १ ख ५८०९ नम्बरको ट्रकमा अवैध रुपले युरिया मल ल्याउँदै गरेको भन्ने जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल, नेपाल नं ३१ गुल्मले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट थुम्सी ईलाकाबाट चैत्र २४ गते युरिया मलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको छ।

यसैगरी काठमाडौंको नागढुंगाबाट चैत्र २१ गते नक्कली बिल बनाई ल्याउँदै गरेको युरिया मल र चामलसहित ना ७ ख ८०४० नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ। 

नवलपरासी जिल्लाको बर्दघाट भुजह ईलाकाबाट युरिया मल र चामलको नक्कली बिल बनाई काठमाडौंतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस हरिहरभवन ललितपुरबाट खटिएको सशस्त्र प्रहरीले चामलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएको चिनी, युरिया मल, चामल र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
                                                                    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .