ad ad

समाज


भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

नेपालखबर
असोज ८, २०८१ मंगलबार १८:१, काठमाडौँ

झापामा दुईवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेका थिए्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बलमा आवद्ध झापा हल्दिवारी गाउँपालिका– १ का ४० बर्षीय भिम लिम्बू तुम्वापो र नागरिक प्रतिरक्षा बलकै कार्यकर्ता झापा बिर्तामोड नगरपालिका–७ का ३९ बर्षीय बिजय चौधरीलाई पक्राउ गरिएको बताए।

प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवै जनलाई अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिए।

सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए। आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .