स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला (मंगलबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। यस क्रममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ।
बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। राति वर्षाको सम्भावना भने कतै छैन।
36
Shares
प्रतिक्रिया