सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सूदुरपश्चिम प्रदेशस्थित नं ७ बैद्यनाथ बाहिनी परिसरमा निर्माण भएको नेपाल एपीएफ फिल्ड अस्पतालको चैत्र ३० गते उद्घाटन गरेका छन्।
सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार सो अस्पताल निर्माण गरिएको हो।
महानिरीक्षक अर्यालले संगठनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि विभिन्न किसिमका कल्याणकारी कार्य एवं वृत्तिविकासमा विशेष ध्यानदिँदै कार्य गरिरहेको बताउनुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु अनुशासित, इमान्दार र पूर्ण व्यावसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पूरा गर्न निर्देशन दिए।
कैलाली जिल्लाको गोदावरी नगरपालिका १ स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र १५ शैयाको फिल्ड अस्पताल निर्माण भएको हो।
अस्पतालको निर्माण र संचालनले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरु र उनीहरुको परिवारका साथसाथै स्थानीय नागरिकहरुलाई समेत औषधी उपचारमा सहजता हुने डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
कार्यक्रममा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, बिल्लादार जवान तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो।
Shares
प्रतिक्रिया