ad ad

समाज


वात्सल्यको नयाँ शाखा भक्तपुरमा, निः शुल्क अल्ट्रासाउण्ड र आईयूआई सेवा

वात्सल्यको नयाँ शाखा भक्तपुरमा, निः शुल्क अल्ट्रासाउण्ड र आईयूआई सेवा

नेपालखबर
बैशाख ३, २०८० आइतबार १९:५९, काठमाडौँ

उच्च आईभीएफ सफलता दरका साथ निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसर पार्दै भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।

एक कार्यक्रम गर्दै नयाँ वर्षबाट संचालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने विश्वास कार्याकारी निर्देशक प्रशान्त सुवेदीले लिएका छन्।

विभिन्न वर्गबाट सामाजिक संजाल मार्फत् निरन्तर रुपमा नि:सन्तान दम्पतिका लागि सहुलियतको माग भइरहेको तथ्यलाई ध्यानमा राख्दै उनले नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र आईयूआई निःशुल्क प्रदान गर्न लागिएको उनले बताए।

सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका  कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आईयूआई मार्फत् सन्तान प्राप्त गर्न राम्रो अवसर सावित हुन सक्छ।

यस शाखामार्फत् निःसन्तान सम्बन्धि विभिन् सेवाहरु प्राप्त गर्न सकिनेछ जस्तैः

  • सन्तान नहुने समस्या सम्बन्धि परामर्श 
  • कारण पहिचानका लागि विभिन्न परीक्षण 
  • आईयूआई
  • गर्भावास्था बेलाको जाँच र परामर्श 

परामर्श वा जाँचका लागि नाम टिपाउन ०१–५९७०६११ मा सम्पर्क गर्न सकिने वात्सल्यले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .