नेपाल प्रहरीका सहायक हवल्दार जनक धामीको मृत्यु भएको छ। बिहीबार मोटरसाइकल दुर्घटनामा परेका धामीको उपचारका क्रममा आइतबार बिहान ज्यान गएको कैलालीका एसपी विश्व अधिकारीले जानकारी दिए।
सहायक हवल्दार धामी ट्राफिकमा कार्यरत थिए।
धनगढीको मोहनापुल–अत्तरिया सडकमा उनले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। सवारीसाधान चेकजाँचका लागि राजपुर गइरहेको बेला गाईसँग ठोक्किएर दुर्घटना भएको थियो।
मेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको एसपी अधिकारीले बताए।
78
Shares
प्रतिक्रिया