काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको सुन चाँदीसहितको झोला ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता भएको छ।
बुधबार १०ः३० बजेको समयमा तिनकुनेदेखि नरदेवीसम्म यात्रा गर्ने क्रममा बा १ ज ७०६९ नम्बरको भाडाकारमा सुरेश विश्वकर्माको ८० तोला बराबरको चाँदीका गहना, ८० लाल बराबरको सुनका गहना र लत्ताकपडा सहितको झोला छुटेको थियो।
सुरेशले दिएको लिखित निवेदनको आधारमा खोजतलास गरी ट्राफिक प्रहरीले भाडाकार चालकको साथबाट झोला फेला पारेको हो।
उक्त सामानहरू सहितको झोला ट्राफिक प्रहरीले आजै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
72
Shares
प्रतिक्रिया