काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गरेको छ।
बिहीबार बिहान काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले पेट्रोल पम्प सिल गरेको हो।
सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ रहेको उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको पाण्डेले बताए।
उक्त पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा छ।
आयल निगमले उक्त पेट्रोल पम्पसहित महानगरका १८ पेट्रोल पम्प हटाउने निर्णय गरेको थियो।
तर निगमले उक्त पेट्रोल पम्प हटाउन सकेको थिएन।
केही समयअघि मात्रै उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो।
24
Shares
प्रतिक्रिया