ad ad

समाज


आज पनि वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन सुझाव

आज पनि वर्षा र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ७, २०८० आइतबार ७:४२, काठमाडौँ

आज (आइतबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा तथा १० देखि माथि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ।

‘आज अपराह्न काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको छ’, महाशाखाका मौसमविद् गोविन्द झाले भने। 

उनका अनुसार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

यस्तै आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

त्यसमा भनिएको छ– देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .