ad ad

समाज


‘यात्री’ दर्तामा समस्या भयो, उद्यमीलाई निरुत्साहित नबनाइयोस् : गगन थापा

‘यात्री’ दर्तामा समस्या भयो, उद्यमीलाई निरुत्साहित नबनाइयोस् : गगन थापा

नेपालखबर
जेठ ७, २०८० आइतबार १२:५५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले ‘यात्री’ दर्ता खुलेपनि पुनः समस्या आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समय लिएर बोल्दै सांसद थापाले  सरकारले गरेको कमजोरीको भारी जनतालाई बोकाउन नहुने बताए। 

‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो र सरकारको तारिफ पनि भयो। तर अहिले दर्ता प्रक्रियामा फेरि समस्या आएको छ,’ सांसद थापाले भने, ‘सरकार भन्छ भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ। पहिला कानुन थिएन दर्ता भएन। अहिले कानुन बन्यो, दर्ता भयो, तर आफैं कानुन बनाउने निकायले दर्ता किन ढिलो गरिस्, तैंले जरिवाना तिर्नुपर्छ।’

यो विषयले स्वदेशी उत्पादन किनेर उपभोग गर्ने सर्वसाधरणका लागि पनि असर गर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

‘सरकारले गरेको यो कमजोरिको भारी उद्यमीलाई लगाउन मिल्छ? स्वदेशी उत्पादन नै किन्छु र उपभोग गर्छु भन्ने सर्वसाधरणसँग पनि यो सम्बन्धित छ,’ उनले भने, ‘सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीलाई निरुत्साहित हुन नदियोस्, र आफ्नै नीतिको लाज राखोस्  सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .