ad ad

समाज


‘डबल एम्प्युटी’ मगर काठमाडौं आउँदै, पर्यटनमन्त्रीले विमानस्थलमा स्वागत गर्ने

दिउँसो पत्रकार सम्मेलन
‘डबल एम्प्युटी’ मगर काठमाडौं आउँदै, पर्यटनमन्त्रीले विमानस्थलमा स्वागत गर्ने

नेपालखबर
जेठ ८, २०८० सोमबार २१:१९, काठमाडौँ

विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगर भोलि (मंगलबार) काठमाडौं आउने भएका छन्। 

सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड बनाएका बुढाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएका हुन्। 

उनलाई त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

उनी मंगलबार बिहान साढे १० बजे विमानस्थल आइपुग्ने कार्यक्रम छ। लगत्तै दिउँसो १२ बजे ठमेलस्थित यात्री सुट्स एण्ड स्पामा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .