समाज


अफक्यानको नयाँ कार्यसमिति गठन


नेपालखबर
जेठ ११, २०८० बिहिबार १९:२६, काठमाडौँ

एसोसिएसन फर करिअर एम्ब्यासडर फर नेपाल (अफक्यान)को नयाँ कार्यसमिति गठन भएको छ। बंगलादेशका लागि पूर्व नेपाली राजदूत भगिरथ बस्नेतको अध्यक्षतामा ‘अफ्क्यान’ ले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो। 

बुधबार (१० जेठ)मा भएको विशेष साधारण सभाले गठन गरेको कार्यसमितिको उपाध्यक्षमा मोहनकृष्ण श्रेष्ठ, महासचिवमा झविन्द्र अर्याल, कोषाध्यक्षमा निरन्जनमान सिंह बस्न्यात र सदस्यमा प्रकाशकुमार सुवेदी छन्।  

स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्रको रुपमा नेपालले अपनाई आएको आपसी सम्मान, समानता र सहयोगमा आधारित स्वतन्त्र परराष्ट्र नीति अनुरुप विश्वका मुलुकहरुसँग स्थापित गरेको सुमधुर सम्बन्धलाई ‘अफक्यान’ले अझ बढी सुदृढ, व्यापक र समझदारीपूर्ण बनाउन आवश्यक योगदान दिने उद्देश्य स्वरुप केही वर्षअघि यो संस्थाको स्थापना भएको थियो।   

परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा सरकारलाई यो संस्थानले राय सुझाव पेश गर्दै आएको सो संस्थाले मुलुकको हित हुने विविध पक्षको प्रबर्धन, नीति निर्माण र कार्यान्वयनमा सरकारलाई सहयोग पुर्‍याउन एक थिङ्क ट्याङ्कको रुपमा समेत काम गर्दै आएको छ।  

‘अफकान’ का महासचिव महासचिव अर्यालका अनुसार बुधबार भएको विशेष साधारण सभाले आगामी एक वर्षभित्रमा यस सस्थाबाट हुने कार्यक्रम तय गर्ने निर्णयसमेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .