समाज


सुनकोशीको २५ फिट गहिराइमा भासिएको गाडी २ शवसहित यसरी निकाल्यो प्रहरीले (फोटो/भिडिओ)

सुनकोशीको २५ फिट गहिराइमा भासिएको गाडी २ शवसहित यसरी निकाल्यो प्रहरीले (फोटो/भिडिओ)

नेपालखबर
जेठ २३, २०८० मंगलबार २१:१५, काठमाडौँ

सुनकोशी नदीमा खसेको सीटीईभीटीको गाडी ५ दिनपछि प्रहरीले निकालेको छ। दुर्घघटनास्थलदेखि करिव २ सय मिटर तल २५ फिट गहिराईमा गाडी फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी सैलेन्द्र थापाले जानकारी दिए।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट जेठ १९ गते सुनकोशी नदीमा गाडी खसेको थियो।

गोताखोरले फेला पारेको गाडी स्काभेटरको सहयोगमा नदीबाहिर निकालिएको हो।

गाडीमा दुई जनाको शव पनि फेला परेको छ। सीटीईभीटीका प्रशासन महाशाखा निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो।

योजना महाशाखा निर्देशक प्रेमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्। उनको खोजि भइरहेको छ। खोजिका लागि सशस्त्र प्रहरीका गोताखोर र स्थानीय प्रहरी परिचालन गरिएको छ।

दुई जनाको शव भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .