ad ad

समाज


स्वर्गद्वारीबाट फर्किएको जीप दुर्घटना : चालकसहित आठजना यात्रुको मृत्यु

स्वर्गद्वारीबाट फर्किएको जीप दुर्घटना : चालकसहित आठजना यात्रुको मृत्यु

दुर्घटनामा परेको जीप


नेपालखबर
जेठ २९, २०८० सोमबार १७:१९, काठमाडौँ

प्यूठानमा जीप दुर्घटना हुँदा आठजनाको ज्यान गएको छ। लु १ च ६३४५ नम्बरको उक्त जीपमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ। 

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठजनाको मृत्यु भएको हो।

प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जीप चालक दाङको लमही नगरपालिका-५ का तारा कुमालबाहेक अरुको सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .