ad ad

समाज


हेटौंडाको बुद्धचोकमा किसानहरुको धर्ना, सरकारसँग राखे ९ बुँदे माग

हेटौंडाको बुद्धचोकमा किसानहरुको धर्ना, सरकारसँग राखे ९ बुँदे माग

आन्दोलित किसानहरु। तस्बिर : नेपालखबर


नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:१२, हेटौंडा

मकवानपुरका किसानहरुले विभिन्न मागहरु राख्दै शुक्रबार हेटौँडाको मुख्य बजार बुद्धचोकमा धर्ना दिएका छन्।

नेकपा एमालेनिकटको अखिल नेपाल किसान महासंघ तथा किसान सञ्जालको आयोजनामा हेटौँडाको मुख्य चोक बुद्ध चोकमा चक्काजाम समेत गरेर धर्ना दिइएका हुन्।

किसानका मागहरु पटक पटक सरकार समक्ष राख्दा पनि सुनुवाइ नभएपछि सवारी आवगमनसमेत रोकेर धर्ना दिइएको अखिल नेपाल किसान महासंघ मकवानपुरका अध्यक्ष विष्णु दंगालले बताए।

किसानहरुले पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले विकराल भएको परिस्थतिमा पनि सरकार मौन रहेको भन्दै केहीबेर चक्का जाम गरेका थिए।

बीमा कम्पनीहरूले पशुवस्तुको बीमा भुक्तानी र नवीकरण नगरेकोमा सरकारले बेवास्ता गरेपछि देशभरका किसान आन्दोलित हुन परेको उनीहरुको भनाइ छ। 

आवश्यक रासायनिक मलको समयमा नै व्यवस्था गर, किसानलाई सहुलियत व्याजदरमा कृषि कर्जाको व्यवस्था गर, प्राकृतिक विपत्तिबाट पीडित किसानलाई तुरुन्त राहतको व्यवस्था गर लगाएतका मागसहित किसानहरु धर्ना कार्यक्रममा उत्रिएका हुन्।

सरकारले चलाएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बजारका सरट र स्टिलहरू बिनाप्रतिस्पर्धी पुरानै व्यापारीलाई दिने निर्णय गरेकोमा समेत आन्दोलन गरिएको महासंघले जनाएको छ।

कृषिप्रधान देशमा किसानलाई आइपर्ने समस्याको राज्यले सम्बोधन नगरेको भन्दै शुक्रबार सातै प्रदेशमा विरोध तथा धर्ना कार्यक्रम गरिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .