डडेल्धुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार अमरगढी नगरपालिका–१ स्थित भागेश्वर सामुदायिक वनबाट एकनाले भरुवा बन्दुकसहित स्थानीय ५५ वर्षीय रुद्र बहादुर ऐर पक्राउ परेका हुन्।
दह ब्यारेक डडेल्धुराबाट पट्रोलिङ अभ्यासमा खटिएको नेपाली सेनाको टोलीले बिना इजाजत पत्रको एकनाले भरुवा बन्दुकसहित ऐरलाई देखेपछि प्रहरीलाई खबर गरेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ऐरलाई नियन्त्रणमा लिएको हो। ऐर वन्यजन्तुको शिकार गर्न जंगल गएको प्रहरीले जनाएको छ।
159
Shares
प्रतिक्रिया