ad ad

समाज


प्रहरीसँग सारुककी आमाको आग्रह– मेरो छोराले यो कदम किन लियो, राम्रोसँग छानबिन गरियोस्

प्रहरीसँग सारुककी आमाको आग्रह– मेरो छोराले यो कदम किन लियो, राम्रोसँग छानबिन गरियोस्

नेपालखबर
भदौ १८, २०८० सोमबार २०:४९, काठमाडौँ

अभिनेता सारुक ताम्राकारकी आमा रुक्मणी ताम्राकारले आफ्ना छोराको मृत्युबारे निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन्।

छोरा सारुकले आत्महत्या गरेको ५२ दिनमै श्रीमान् सानु ताम्रकारको पनि निधन भएपछि रुक्मणी ठूलो पीडामा परेकी छन्।

यसै क्रममा उनले सोमबार सामाजिक सञ्जालमार्फत सारुकले त्यस्तो निर्णय किन गरे भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। 

‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान् पनि गुमाउँदा ममाथि ठूलो बज्रपात परेको छ’, उनले भनेकी छन्, ‘यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर नआउँदा म सम्पूर्ण पुलिस प्रशासनलाई मेरो छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गरियोस् र  पुलिसले फोन डिटेल्स प्रस्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .