ad ad

समाज


खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा गयो ज्यान, चारजना पक्राउ

खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा गयो ज्यान, चारजना पक्राउ

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १३:२१, काठमाडौँ

कानुनद्वारा निषेधित खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्याङ्जामा एकजनाले ज्यान गुमाएका छन्। 

खोलामा माछालाई लगाएको करेन्ट आफैंलाई लागेपछि शुक्रबार बिहान २ बजे वालिङ नगरपालिका-६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाकाअनुसार उनको ज्यान गएपछि माछा मार्न गएका चार जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा वालिङ-६, थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा-१० का ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ-६ स्थित तारादेवी ब्लक उद्योगका मजदुर २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका-६ घर भई ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना छन्। 

प्रहरीले माछा मार्न प्रयोग गरिएको तार, रड र बाँसका भाटा पनि बरामद गरेको छ। शव पोस्टमार्टमका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .