ad ad

समाज


बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

नेपालखबर
भदौ २४, २०८० आइतबार १६:१९, काठमाडौँ

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। 

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको हो। 

मुख्य योजनाकार देखाइएका मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ। 

कलाधर देउजा र विनोद पौडेलसँग अदालतले १५÷१५ लाख, लोकहरी घिमिरे, अरुणकुमार श्रेष्ठ, नारायणराज मिश्र, योगराज पौडेल, गोपाल कार्की, घमनकुमार कार्की, बालकृष्ण श्रेष्ठ र रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ। 

यस्तै, शिवजी भट्ट, ध्रुबप्रसाद अर्यालसँग ३ लाख ५० हजार र सञ्जयकुमार महर्जन, सकलानन्द महर्जन, देवनारायण महर्जन, बाबुराजा महर्जनसँग १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ। 

यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्। 

कसलाई कति धरौटी?
१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
२) शिवजी भट्ट–३ लाख ३० हजार
३) रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 
५) कलाधर देउजा –१५ लाख
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार 
८) विनोद पौडेल– १५ लाख
९) योगराज पौडेल– ७ लाख ५० हजार
१०) नारायणराज मिश्र –७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 
१३) बाबुराजा महर्जन– १ लख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन– १ लाख १० हजार 
१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७) लोकरि घिमिरे –७ लाख ५० हजार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .