ad ad

समाज


सूर्यविनायक–रत्नपार्क ‘द्रूत बस सेवा’ संविधान दिवसदेखि सुरु हुने

सूर्यविनायक–रत्नपार्क ‘द्रूत बस सेवा’ संविधान दिवसदेखि सुरु हुने

नेपालखबर
भदौ २५, २०८० सोमबार १७:५१, काठमाडौँ

सूर्यविनायक–रत्नपार्क ‘द्रूत बस सेवा’ ३ असोजदेखि सञ्चालनमा आउने भएको छ। 

संविधान दिवसका दिनदेखि ‘द्रूत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग र यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रूत बस सेवा’बारे छलफल गरे ‘छलफलपछि ३ असोजमा ‘द्रूत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने।

‘द्रूत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो। तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्। 

‘द्रूत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिए। ‘अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भोलिदेखि सुरु गर्छौँ।’ 

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ। 
  
त्यसैगरी यातायात ब्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ। 

‘द्रूत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अपस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।

ब्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो। करिब ३८ जना क्षमताका २५ बस सञ्चालनमा आउने भएका छन्। 

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन्। 

यातायात ब्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रूत बस सेवा’का बिषयमा आशंका उब्जिएका थिए। 
‘अब आशंका गर्नु पर्दैन, ३ असोजबाट द्रूत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .