ad ad

समाज


६० किलो सुन प्रकरणको मुद्दा आज दर्ता गरिँदै

६० किलो सुन प्रकरणको मुद्दा आज दर्ता गरिँदै

फाइल तस्बिर : जिल्ला अदालत काठमाडौं


नेपालखबर
भदौ ३१, २०८० आइतबार १०:३०, काठमाडौँ

गत साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करी प्रकरणअन्तर्गत (आज) आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको ४ दिनपछि आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने भएको हो। 

सीआईबीले पक्राउ परेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। तर सरकारी वकिल कार्यालयले यो संख्या तलमाथि गरेर मुद्दा दायर गर्ने सम्भावना छ। 

उक्त काण्डमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .