आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ।
पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिइरहेका श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको हो।
प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो।
‘यही विषय भन्ने छैन, सामान्य सोधपुछको लागि बोलाइएको हो,’ भण्डारीले भने।
०७४ चैत २५ मा आफ्नै पाखुरामा गोलि हान्न लगाएर आरोपमा पक्राउ समेत परेका थिए।
उनले तीनदिनअघि जनकपुरमा आयोजित गौहत्याको विरोधमा आयोजित कार्यक्रममा गाई काट्नेहरूकाविरुद्ध खुकुरी लगेर काट्न भन्दै उत्तेजित भाषण गरेका थिए।
के भनेका थिए श्रीनिवासले जनकपुरमा?
हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु। वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्। झापामा काटिरहेका छन्। हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन्।
यदी हामी गुरुहरूले नै हतियार उठाउनुपर्यो भने ठिक हुँदैन। हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस्। हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ।
हामी गाइ खान्छौं भनेर भन्दा यो देशको गृह प्रशासन मौन छ। के यो देशमा कानुन छ?
Shares
प्रतिक्रिया